तीन दर्जन बहालवाला कर्मचारी नै भन्सार एजेण्टमा नियुक्त

भन्सार एजेण्ट बन्नका लागि बहालवाला १५० भन्दा बढी कर्मचारी लोकसेवा परीक्षामा सामेल भएकामध्ये झण्डै ४० कर्मचारीले एजेण्ट बन्न सफल भएका छन् । बहालवाला सरकारी कर्मचारीले एजेण्टको परीक्षामा सामेल हुन नदिन भन्दै अन्तिममा अर्थ मन्त्रालयले रोक्ने प्रयास गरे पनि सो प्रयास सफल हुन सकेन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बहालवाला कर्मचारीले अन्य पेशा वा व्यवसाय गर्न नपाउने राय दिएसँगै अर्थले बहालवाला कर्मचारीलाई भन्सार एजेण्ट बन्नमा रोक लगाएकै थियो । भन्सार विभागले बहालवाला कर्मचारीलाई एजेण्टको परीक्षामा सहभागी हुन रोक लगाएको भए पनि बहालवाला कर्मचारीहरुले परीक्षामा सामेल भइ भन्सार एजेण्टमा नाम निकाल्न सफल भएका छन् ।

Advertisement 1

भन्सार विभागले झण्डै २३ बर्षपछि नयाँ भन्सार एजेन्ट पाएको छ। जसमध्ये तीन दर्जन त बहालवाला कर्मचारीहरु थपिएका छन । पछिल्लो पटक ६६० जना भन्सार एजेन्टको इजाजतका लागि छनोट भएकामध्ये झण्डै तीन दर्जन बहालवाला कर्मचारी रहेको स्रोतको दावा छ । लोक सेवा आयोगको परीक्षाको माध्यमद्वारा उनीहरू भन्सार एजेन्टका रुपमा छानिएका हुन्। सरकारले बहालवाला सरकारी कर्मचामरीलाई एजेण्ट बन्न रोक लगाएको भए पनि झण्डै तीन दर्जन कर्मचारीले एजेण्टमा नाम निकालेको भन्सार विभाग स्रोतले जनाएको छ ।
भन्सार एजेण्ठ बन्नका लागि बहालवाला कर्मचारीहरु समेत परीक्षामा सहभागी रहेका थिए । भन्सार विभागले छ सय ६० एजेन्टका लागि विज्ञापन खोलेकोमा नौ हजारभन्दा बढीले आवेदन दिएका थिए । तीमध्येबाट लिखित परीक्षामा सम्मिलित पाँच हजार छ सय १५ मध्ये अन्तर्वार्ताका लागि आठ सय ६० जना छानिएका थिए । उनीहरुको अन्तर्वार्ताको मिति असार १३ गतेसम्म तोकिएको थियो । जस्को नतिजा हिजो सार्वजनिक भएको हो । अन्तर्वार्ताका लागि छनौट भएकामध्ये झण्डै डेढ सय बढी बहालवाला खरिदार, नासुदेखि अधिकृत तहसम्मका कर्मचारी रहेको भेटिएसँगै अर्थ मन्त्रालयले बहालवाला कर्मचारी एजेण्ट बन्न नपाउने निर्णय गरेको थियो । उनीहरुलाई परीक्षा दिनबाटै रोक लगाउने निर्णय गरेको भए पनि अर्थकै निर्णय विपरित झण्डै तीन दर्जन कर्मचारी भन्सार एजेन्टमा परीक्षा दिएर नाम समेत निकाल्न सफल भएका छन् ।

भन्सार विभागका अनुसार कतिपय नासु,खरिदारदेखि अधिकृततहसम्मका केही कर्मचारीले भन्सार एजेण्टमा नाम निकाल्न सफल भएका छन् । जसमध्ये अधिकांश भन्सार तथा राजस्वका कर्मचारीहरु छन् ।

Advertisement 2

भन्सार ऐन २०६४ ले कुनै आयातरनिर्यात हुने मालवस्तु भन्सार कार्यालयबाट वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि सम्बन्धित आयात/निर्यातकर्ताको प्रतिनिधि राख्ने व्यवस्था गरेको छ । एजेन्टले सामान आयात तथा निर्यात गर्दा एउटा सवारी साधनको काम गरेवापत कम्तिमा दुई हजारदेखि २० हजार रुपैयाँसम्म कमिसन लिने गर्छन् । यसका अतिरिक्त कमाइ भनेको सवारी साधनमा आयात तथा निर्यात भइरहेको वस्तुको परिमाण घोषणा गर्दा धेरै सामानलाई कम देखाएर कुस्त आर्जन गर्न सकिने गतिलो माध्यम त्यहिँभित्र रहेको बताइन्छ ।

यसअघि भन्सार विभागले २०५६ सालमा परीक्षा प्रक्रियाबाट छनोट गरी ५८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । त्यो संख्या अहिले घट्दै गएर १७० मा सीमित भएको छ ।

प्रकाशित :२०७९ असार १७, शुक्रबार ११:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry