शपथ लगतै मन्त्रीहरु सिंहदरबारतिर

 

Advertisement 1

नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन एकीकृत समाजवादीबाट मन्त्रीमा नियुक्त भएका चार जनालाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

Advertisement 2

नेकपा एकीकृत समाजवादीले गएको जेठ २२ गते नै मन्त्री फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीलाई पठाउने निर्णय गरेको थियो । सोही बमोजिम हिजोमात्र समाजावदीका चार मन्त्रीले राजीनामा दिएसँगै सो स्थानमा चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा , गृहमन्त्री बालकृष्ण खाँण,सन्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,परराष्ट्र मन्त्री नारायण खड्का कानुनमन्त्री गाेविन्दप्रसाद शर्मा “बन्दी”,का.मु.प्रधानसेनापति रथि बालकृष्ण कार्की,सशस्त्र प्रहरीबलका महानिरिक्षक राजु अर्याललगायतको सहभागिता थियो ।

Advertisement 3

शपथ लगतै नवनियुक्त मन्त्रीहरु सिंहदरबारस्थित आ आफ्नो मन्त्रालयतिर लागेका छन् ।

प्रकाशित :२०७९ असार १३, सोमबार १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry