साउनदेखि करारसेवाका कर्मचारी हटाइने
सोताङ गाउँपालिका,सोलुखुम्बुले करारमा कार्यरत कर्मचारी हटाउने निर्णय गरेको छ । सोताङ गाउँपालिकाको शुक्रवार बसेको कार्यपालिका बैठकले साउनदेखि करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेको हो ।
Advertisement 1
गाउँपालिकाका प्रमुख प्रशासकीय अर्जुन दर्जीले २०७९ साउनदेखि लागु हुने गरी करार कर्मचारीहरुको सेवा अबधि नथप्ने निर्णय गरेको जानकारी दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत दर्जीद्धारा हस्ताक्षरित पत्रमा आगामी ०७९ साउन १ गतेदेखि करार सेवाका कर्मचारीहरुको करार सम्झौता थप तथा नवीकरण नहुने निर्णय भएका कारण अर्काे निर्णय भइ करार थप नभएसम्मका लागि कार्यालय,अस्पताल तथा विद्यालयमा हाजिर भइ काम काज नगर्न र हाजिर भएमा तलब सुबिधा सम्बन्धमा स्वंयम जिम्मेवार हुने जनाइएको छ ।
Advertisement 2
प्रकाशित :२०७९ असार ११, शनिबार ०७:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%