संवैद्यानिक इजलाश:- हरिकृष्णको ठाउँमा सपना मल्ल ल्याइदा के पर्छ फरक ?
प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतले बुधबार नयाँ संवैधानिक इजलास बनाएको छ ।
Advertisement 1
प्रतिनिधिसभा विघटनसम्बन्धी १३ थान रिटहरुको सुनुवाइ गर्न आज नयाँ इजलास गठन भएको छ ।
प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराले आफ्नो नेतृत्वमा बनाउनुभएको पाँच सदस्यीय बेन्चमा हरिकृष्ण कार्की गत २२ पुसमा हट्नुभएपछि प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहनुभएकी सपना प्रधान मल्ललाई सामेल गर्नुभएको हो ।
इजलासमा यसअघि रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको छ।
Advertisement 2
मल्ल सर्वोच्चको न्यायाधीश बन्नुअघि तत्कालीन नेकपा एमालेबाट संविधान सभा सदस्य थिइन्।
Advertisement 3
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए। सो विवाद कहाँ सुनुवाइ हुने भन्ने बुधबार मात्र तय हुनेछ।
यता अदालतले माग गरेको अदालतको सहयोगी (एमीकस क्युरी) मा नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीलाई सिफारिस गरेको छ भने सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता पाठकको नाम सिफारिस गरेको छ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १४ रिट निवेदन दर्ता भएको थियो।