जिसस लमजुङमा एमालेका सबै उम्मेदबारहरु निर्वाचित

अञ्जनकुमार हिमाली
जिल्ला समन्वय समिति लमजुङमा एमालेका सबै उम्मेदबारहरु निर्वाचित भएका छन् । प्रमुखमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका मुराली कुमाललाई ६ का बिरुद्द १० मत प्राप्त गरी एमालेका पूर्ण बहादुर गुरुङ प्रमुखमा विजयी बनेका हुन ।
राइनास नगरपालिका वडा नम्बर ९ बाट सदस्यमा निर्बाचित गुरुङले सुन्दरबजार नगरपालिकाबाट निर्वाचित वडा सदस्य मुराली कुमाललाई ४ मतान्तरले पराजित गरेका हुन् । ८ स्थानीय निकायमा सत्ता गठबन्धनले ४ र एमाले ले ४ स्थानीय निकायमा निर्बाचन जितेपनि मध्यनेपाल, सुन्दरबजार नगरपालिकामा गठबन्धनका उपप्रमुख पराजित भएपछि समन्वय मा एमालेको बहुमत पुगेको थियो । बेसीशहर, मर्स्याङ्दी, क्व्होलासोथारमा एमालेले प्रमुख उपप्रमुख दुवै जितेको थियो भने सुन्दरबजार, मध्यनेपाल उपप्रमुख र दोर्दीमा प्रमुख जितेको थियो । गठबन्धनसंग ७ जना सदस्य भएता पनि गठबन्धनका एक सदस्यले पनि एमालेका पूर्णबहादुर गुरुङलाई मतदान गरेका थिए ।
बुझिए अनुसार राइनास नगरपालिकामा कार्यपालिका निर्माणमा कांग्रेसले माओवादीलाई धोका दिएपछि त्यहाँका उपमेयर पुष्पराज खनालले एमालेका गुरुङलाई मतदान गरेको आशंका छ । कांग्रेसको मेयर र माओवादीको उपमेयर उक्त पालिकामा कार्यपालिका भने कांग्रेस एक्लैले बनाएको थियो । ९ सदस्यीय समन्वयमा प्रमुखमा पूर्णबहादुर गुरुङ उपप्रमुख बुना कुमारी रिमाल खुला सदस्यमा केशर बहादुर खत्री बेसीशहर, मोहन गुरुङ मध्यनेपाल, शेर बहादुर बोगटी दोर्दी छन् । महिला सदस्यमा बबिता माजाकोटी मर्स्याङ्दी, विमला खड्का सुनपा, शारदा साँखी मध्यनेपाल नगरपालिका रहेका छन् भने अल्पसंख्यकमा गमबहादुर दुरा सुन्दरबजार  नगरपालिका छन् । प्रमुख, उपप्रमुखलाई मात्र मताधिकार रहेको जिल्ला समन्वय समितिमा  ०७४ मा पनि एमाले कै बर्चस्य रहेको थियो ।
प्रकाशित :२०७९ जेष्ठ २८, शनिबार १४:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry