खोजेको गभर्नर,पाइयो सञ्चालक

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका सात जनामध्ये ५ जना नेपाल राष्ट्र बैंकबाट अवकाश पाएका कर्मचारी रहेका छन् । हालै मात्र नेपाल राष्ट्र बैंकका सञ्चालक समितिमा चिन्तामणि शिवाकोटी र शंकरप्रसाद आचार्यलाई नियुक्त गरिएको थियो ।अर्थ मन्त्रालयका सिफारिसमा ती दुईलाई नियुक्त गरिएको हो । यो सँगै नेपाल राष्ट्र बैंकको सञ्चालकबाट सोही बैंकबाट अवकाश पाएका ५ जना नियुक्त भएका हुन ।
नेपाल राष्ट्र बैंकको सञ्चालकमा हाल गभर्नर महाप्रसाद अधिकारीसहित अर्थसचिव मधुकुमार मरासिनी,डेपुटी गभर्नर डा निलम ढुंगना तिमिल्सिना,बम बहादुर मिश्र,सुवोध कुमार कर्ण,चिन्तामणि शिवाकोटी र शंकर आचार्य रहेका हुन । गत वैशाख पहिलो सातादेखि डाश्रीराम पौडेल र रामजी रेग्मीको पाँच वर्षको म्याद सकिएपछि रिक्त रहेको ठाउँमा शिवाकोटीर आचार्यलाई लगिएको हो । बैंक सञ्चालक समितिको स्वरुपमा डेढ वर्षअघि गभर्नर बन्न खोजेका दुई जना डेपुटीमध्ये गभर्नर बन्न सफल महाप्रसाद अधिकारी अध्यक्ष छन् । मर्यादाक्रममा अर्थसचिव र कर्णपछि दुई जना डेपुटी रहने छन् । त्यसपछि पूर्वकार्यकारी निर्देशक आचार्य र पूर्व डेपुुटी सिवाकोटीको स्थान हुनेछ ।सरकारले चुनावअघि नै नियुक्त गर्न खोजे पनि आचारसंहिताको कारण रोकिएको थियो । सात सदस्यीय समितिमा अब पाँच जना बैंकबाटै मासिक निवृत्तिभरण बुझ्ने पेन्सनर रहेका छन् । अर्थसचिव पदेन सदस्य र एक वर्ष कार्यकाल बाँकी रहेका विवादास्पद चार्टर्ड एकाउण्टेण्ट सुवोधकुमार कर्णबाहेक अरु सबै बैंकको कार्यकारी निर्देशकबाट सेवानिवृत्त कर्मचारी हुन् ।

Advertisement 1

‘सबै राष्ट्र बैंककै पेन्सन खाने कर्मचारी सञ्चालक समितिमा बसेपछि केन्द्रीय बैंकको भूमिका सहकारीभन्दा फरक हुने भएन । कर्मचारीको सरुवा, बढुवा, सुविधा र अन्य स्वार्थमा नै बैंकको सञ्चालक समिति घेरिने वातावरण बनेको छ । यो स्वायत्तता भनेर उफ्रिनेहरुको निम्ति थप लाजमर्दो हुनुपर्ने हो । अधिकारी सात वर्ष अघिसम्म डेपुटी हुँदा अहिलेका डेपुटी दुवै जना उपनिर्देशक थिए । सिवाकोटी डेपुटी हुँदा उनीहरु निर्देशक बने । गत वर्ष सिवाकोटीले छाडेको कुर्सीमा अहिले निलम ढुंगाना बसेकी छन् । शिवराज श्रेष्ठले छाडेको कुर्सीमा बमबहादुर मिश्र छन् । अहिलेका डेपुटी मिश्र सबैभन्दा थोरै बैंक सेवा गरेका कर्मचारी हुन् । उनले राष्ट्र बैंकको कर्मचारीको रुपमा मुश्किलले १८ वर्ष मात्र सेवा गरेका छन् ।

प्रकाशित :२०७९ जेष्ठ २६, बिहीबार १८:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry