नेदरल्याण्डको चुल्हो, एनएमबी बैंकको नाम

एनएमबी बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेण्ट अर्गनाइजेशन (एसएनभी) को सहयोगमा पाँच हजार ७२८ वटा सुधारिएको चुल्हो वितरण गरेको छ । ’रिजल्ट बेस्ड फाइनान्सिङ’ परियोजनाअन्तर्गत कर्णाली र सुदूरपश्चिमका ग्रामीण भेगका जनतालाई चुल्हो दिइएको हो ।
Advertisement 1
बैंकले उक्त परियोजनाका लागि कोष व्यवस्थापकको काम गरेको थियो । सुधारिएको चुल्हो वितरण गरेर ग्रामीण भेगका जनताको जीवनस्तर सुधार्ने उद्देश्यले एसएनबीसँग सहकार्य गरेर चुल्हो वितरण गरिएको एनएमबी बैंकले जनाएको छ ।
परियोजनाले दाउराको खपत घटाएर वन संरक्षणमा मद्धत पुग्ने विश्वास लिइएको छ । त्यस्तै, धुवाँ कम गरी वायु प्रदूषण कम हुनुका साथै धुवाँका कारण स्वास्थ्यमा आइपर्ने समस्या निराकरण हुने विश्वाससमेत एनएमबीले लिएको छ ।
प्रकाशित :२०७९ जेष्ठ २६, बिहीबार १८:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%