बृहत पूर्ण इजलाशले पनि किन हेर्न मिलेन कर्मचारी समायोजनको मुद्धा ?

साता दिन अघि सर्वाेच्चको संयुक्त इजलशाले बृहत पूर्ण इजलाशमा पठाएको कर्मचारी समायोजनसम्बन्धी मुद्धा हेर्न नमिल्ने भन्दै फेरि पेसी सारिएको छ । गत १८ गते सर्वाेच्चका न्यायाधीशहरु ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठ संयुक्त इजलासले यो मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । सोही अनुसार आजका लागि सर्वाेच्च अदालतको बृहत पूर्ण इजलाशमा मुद्धा सुनुवाईका लागि पेसीमा चढेका थियो । कर्मचारी समायोजनको मुद्धाको सुनुवाई गर्नका लागि न्यायधीशहरु अनिल कुमार सिन्हा,वमकुमार श्रेष्ठ,प्रकाश कुमार ढुंगाना, सुष्मालता माथेमा र नहकुल सुवेदीको वृहत् पूर्ण इजलासमा पेशी चढेको भए पनि सर्वोच्चले हेर्न नमिल्ने भन्दै पुन पेशी सारेको हो ।
कर्मचारी समायोजनको क्रममा आफूहरुमाथि अन्याय भएको भन्दै सर्वाेच्चमा ९९ थान रिट दायर भएका थिए । यी रिटहरुलाई एकै ठाउँमा राखेर यस अघि न्यायधीशहरु डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले गरेको फैसलालाई ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलाशले असहमति जनाउँदै सो मुद्दालाई पाँच सदस्यीय बृहत पूर्ण इजलासमा पठाउन आदेश दिएको भए पनि आजको पाँच सदस्यीय बृहत पूर्ण इजलाशमा भएका न्यायधीशमध्ये केही न्यायधीशले मुद्धा हेर्न नमिल्ने भएका कारण पेसी फेरि सारिएको हो ।

Advertisement 1

प्रकाशित :२०७९ जेष्ठ २६, बिहीबार १२:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry