साझा प्रकाशनको अध्यक्षमा डा सुब्बा विजयी

साझा प्रकाशन सञ्चालक समितिको अध्यक्षमा डा विजय सुब्बा निर्वाचित भएका छन् । चुनावी मैदानमा आफ्ना प्रतिष्प्रर्धीलाई फराकिलो मतान्तरले हराउँदै उनी अध्यक्षमा विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा डा जीवनचन्द्र कोइराला २२९ मतले पछि पार्दै गदै सुब्बा विजयी भएका हुन ।

Advertisement 1

डा सुब्बाले ४१२ मत प्राप्त गर्दा डा।कोइरालाले १८३ मत प्राप्त गरेका छन् । साझा प्रकाशनको अध्यक्षका लागि सञ्चालक समितिका पूर्वसदस्यद्वय डा सुब्बा र डा कोइरालाले उम्मेदवारी दिएका थिए ।

सञ्चालक सदस्यमा हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

Advertisement 2

भाषा–साहित्यको सो संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलोपटक निर्वाचन भएको हो। यसअघि नेपाल सरकारबाट अध्यक्ष नियुक्ति गर्ने प्रचलन थियो

प्रकाशित :२०७७ पुष २४, शुक्रबार १९:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry