३५ वर्षमै नगरप्रमुख
बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य विजयी भएका छन् । ३५ वर्षीय आचार्य १४ हजार १३४ मत प्राप्त गरी विजयी भएका हुन् ।
Advertisement 1
विजयी भएका नगरपालिका प्रमुखहरू मध्ये उनी सबैभन्दा कान्छो छन् । कोहलपुर नगरपालिकामा यसअघि ७० वर्षीय लुटबहादुर रावत नगरप्रमुख थिए । रावत २०४९ र २०५४ मा साबिक कोहलपुर गाविसको अध्यक्ष तथा २०७४ मा कोहलपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।
एमालेको किल्ला रूपमा परिचित कोहलपुरमा कांग्रेसका तर्फबाट ३५ वर्षीय युवा उम्मेदवार आचार्यले सफलता प्राप्त गरेका हुन् । नगरप्रमुखमा निर्वाचित भएपछि आचार्यले पश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको कोहलपुरलाई समृद्ध र नमसना सहरका रूपमा विकास गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
Advertisement 2
विकट ठाउँमा जन्मिएकाले पनि होला पूर्णप्रसाद आचार्यलाई सामाजिक क्षेत्रमै रहेर काम गर्ने र समाजलाई नमुना बनाउने हुटहुटी सानैदेखिको होे । संयोगनै मान्नु पर्छ तत्कालिन परिस्थितिले उनको चाहनालाई बाटो देखायो । परिस्थिति निर्माणका दुईवटा कारण हुँदा रहेछन् उहाँ सम्झनुहुन्छ–‘एउटा बाध्यकारी अर्को स्वःस्फुर्तरुपमा सिर्जित ।’
राज्य व्यवस्था परिवर्तनका लागि माओवादीको नेतृत्वमा भएको जनयुद्धबाट आचार्य परिवार सल्यानबाट विस्थापित भयो । द्वन्दकालको समयमा सल्यानमा बसोबास गर्न निकै जटिल अवस्था सिर्जना भएपछि उहाँको परिवार बर्दिया जिल्लाको राजापुर हुँदै २०५७ साल कोहलपुर नगरपालिका वडा नं. ८ मा बसाइ सर्यो ।
Advertisement 3
बुबा हिरालाल आचार्य र माता इन्दिरा आचार्यको कोखबाट २०४३ साल जेष्ठ १४ गते जन्मिनुभएका आचार्यका तीन दिदीवहिनी हुनुहुन्छ । द्वन्दकालमा परिवार विस्थापितको पीडा, आफु जन्मिएको गाउँठाउँलाई सम्बृद्ध बनाउने सपनामा कुठराघात भएपनि समाजसेवाको हुटहुटी भने कम हुनै सकेन् ।
त्यसैले त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा पढ्दैदेखि उहाँ विद्यार्थी राजनीतिमा आवद्ध हुनुभयो । राजनीतिबाटनै समाजसेवा गर्छु भन्ने अठोटसँगै उहाँ स्कुले जीवनमै राजनीतिमा पाइला टेकिसक्नुभएको थियो ।
त्यहीबाट सुरु भयो आचार्यको राजनीतिबाट समाजसेवा र देश परिवर्तनको सपना । आज त्यही सपनालाई मूर्तरुपमा दिन सम्बृद्ध कोहलपुर बनाउने अठोट र दृढ इच्छाशक्तिसहित ३५ वर्षीय आचार्य कोहलपुर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेका छन् ।
बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरबाट प्रमाणपत्र तह, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतबाट स्नातक तह र त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरबाट स्नातकोत्तर तह उर्तिण गर्नुभएका नगर प्रमुख पदका उम्मेदवार आचार्य प्रखर वक्ताकारुपमा परिचित छन् ।
करिब ८ वर्ष नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्ष भई कुशल नेतृत्वप्रदान गरेको उनको अनुभव छ । नेपाली कांँग्रेसको १३ औँ महाधिवेसनमा तत्कालिन मध्य तथा सुदूर पश्चिमकै कान्छो महाधिवेशन प्रतिनिधिका रुपमा परिचित आचार्य १४ औँ महाधिवेसनबाट महाधिवेशन प्रतिनिधि हुँदै पार्टीको महासमिति सदस्यमा अत्याधिक मतले विजयी भएका थिए ।