अधिकृतबाट राजीनामा दिएर पालिका अध्यक्षका उम्मेद्धार बनेका राई पराजीत
अधिकृतबाट राजीनामा दिएर गाँउपालिकाको अध्यक्षका उम्मेद्धार बनेका गोपालचन्द्र राई पराजीत भएका छन् । राई खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखका उम्मेदवार बनेका थिए माओवादी केन्द्रबाट । राईले २०९३ मत प्राप्त गरेर तेश्रो बनेका हुन । सो पालिकाबाट नेपाल कम्युनिष्ट पार्टी एमालेका लोकेन्द्र राईले २ हजार ८०३ मत प्राप्त गरी विजयी भएका हुन । यस्तै नेपाली काँग्रेसका उम्मेद्धार नइन्द्र राई २१६२ मत प्राप्त गरेर उपविजेता बनेका थिए ।
Advertisement 1
‘गरिबी र अभावले जागिरे भएँ, जागिरबाट व्यक्तिमात्रै धनी, समाज भोकै हुँदा रहेछन्, समाज भोको हुँदा म एकजना व्यक्तिमात्र धनी हुन सक्दिनँ र चाहन्न पनि’ उनले भने। समाज परिवर्तन गर्ने मुख्य बाटोनै राजनीति भएकाले सरकारी जागिर छाडेर गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएको राईको कथन थियो । जागिरे जीवन सुरु गरेसँगै पेशागत सङ्गठनमा आबद्ध भएका राईले नेपाल आयल निगम राष्ट्रिय कर्मचारी सङ्गठन ट्रेड युनियनको केन्द्रीय अध्यक्षसमेत सम्हाले उनी हाल माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको सदस्य छन्।
Advertisement 2
राईले नौँ वर्ष एक महिना आठ दिन सरकारी जागिरे भएर जनताको सेवा गरेपश्चात जनप्रतिनिधि बनेर पुनः जनताकै सेवा गर्ने उदेश्यले राजीनामा दिएर उम्मेद्धार बनेका थिए । सातौँ तहको सरकारी जागिरे जीवनबाट राजीनामा दिएर निर्वाचनमा होमिएका उनी पराजीत भएसँगै लेखेका छन्, फुत्तै आएर फुत्तै अस्ताउनु छैन मलाई । किनकी खसेको कुल मत ७१५७ मध्ये मैले पाएको पालिका भरिको २०९३ मतदाताको सरक्षण मात्र होइन । उनीहरुको रक्षाको निम्ति मतदाताहरुकै घर र दैलोमा रहिरहनेछु । भोट नदिने तर यत्तिको बिद्वानले जित्नु पर्छ भन्ने सोच बोकेका दिप्रुङ्बासी महानुभाबहरुको बिश्वास जित्न पनि मैले सकारात्मक तथा रचनात्मक काम गर्नै पर्छ । राईले एउटा अधिकृत स्तरको जागिर खादै ट्रेड युनियनमा काम गरेको सामान्य ठिटोलाई मुलुक परिवर्तन गर्ने गौरवशाली पार्टी माओबादी केन्द्रको तर्फबाट टिकट दिनु नै आफ्नो ठूलो उपलव्धी मानेका छन् ।