यस्तो छ उत्तरगयाँ गाउँपालिकाबाट अध्यक्षमा निर्वाचित माधव अर्यालको पृष्टभूमि

रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाको अध्यक्षमा माधव अर्याल निर्वाचित भएका छन् । काँग्रेसका तर्फबाट पालिकाका अध्यक्षका उम्मेद्धार उपेन्द्र लम्साललाई पराजीत गर्दै एमालेका उम्मेद्धार अर्याल  निर्वाचित भएका हुन । पार्टीमा दुई पटकसम्म केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका अर्यालले २२८७ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै सो पालिकाबाट उपाध्यक्षमा निर्वतमान उपाध्यक्ष चमेली गुरुङ निर्वाचित भएकी छन् ।

Advertisement 1

सात बर्ष लामो शिक्षण पेशाबाट राजीनामा दिएर पूर्णकालिन राजनीतिमा होमिएका अर्याल इमान्दार राजनीतिक नेताका रुपमा चिनिन्छन । उनी ०४६ साल फागुन १६ गतेबाट शिक्षण पेशामा होमिएका थिए । ०५३ चैत्रमा शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा होमिएका अर्यालले तत्कालीन लहरेपौवा गाउँविकास समितिको अध्यक्ष चलाए एक कार्यकाल । ०५४ सालमा लहरेपौवा गाविसको अध्यक्षमा निर्वाचित भएका अर्याल ५९ साल असार मसान्तसम्म गाविसका अध्यक्षका रुपमा काम गरे । अहिलेका उत्तरगया पालिकामा जे जति विकास निर्माणका काम भएका छन् त्यसका अधिकांश श्रेय उनै अर्याललाई जान्छ ।

०४६ साल फागुनबाटै नेकपा एमाले पार्टीका साधरण सदस्यता लिएका अर्यालले ०४७ साल भदौंमा प्ररायुसंघ नेपालको इलाका कमिटि अध्यक्ष चलाए । यस्का अलवा पार्टीका विभिन्न तह र ओहदामा रहेर उनले इमान्दारपूर्वक जिम्मेवारी निर्वाह गरे । अर्याल ०५५ सालमा पार्टीको जिल्ला कमिटि सदस्य,०५८ सालमा प्ररायुसंघको केन्द्रीय कमिटि सदस्य भएर काम गरे । यस्का अलवा युवा संघमा दुई कार्यकाल केन्द्रीय कमिटि र एक कार्यकाल सचिवालय सदस्य भएर काम गरे ।

Advertisement 2

०६४ सालको संविधानसभाको निर्वाचनमा संविधानसभा सदस्यका उपबिजेता बनेका उनी नेकपा एमालेको सातौ आठौं नवौ र दशौं महाअधिवेशनसम्म महाअधिवेशन प्रतिनिधि बने । ०७१ सालको नवौं राष्ट्रिय महाअधिवेशनमा नेकपा एमालेको बैकल्पिक केन्द्रीय सदस्य बनेका अर्याल गत मंसिरमा सम्पन्न नेकपा एमालेको दशौं महाअधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भए । अर्यालले यस अघि नै एमालेको रसुवा जिल्ला इञ्चार्ज र माओवादी र एमाले एक भई नेकपा हुँदा रसुवा जिल्लाको सह इञ्चार्ज चलाइसकेका छन् ।
यस्तै बाग्मती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारको भूमिकामा रहेर छोटै समय भए पनि जिम्मेवारी निभाए ।
उत्तरगयाँ पालिकाबासीले उनलाई पालिकाको अध्यक्षको रुपमा हेर्न चाहेसँगै उनी पालिकाको अध्यक्षका रुपमा चुनावी मैदानमा होमिएका थिए । आफ्ना प्रतिद्धन्दीलाई फराकिलो मतान्तरले पछि पार्दै अर्याल रसुवा जिल्लाको उत्तरगयाँ गाउँपालिकाबाट अध्यक्षमा निर्वाचित भएका हुन । उनले आफू उत्तरगया गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएसँगै शिक्षा र स्वास्थ्यलाई विशेष प्रथामिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यकालमा उत्तरगया गाउँपालिकालाई अब्बल गाउँपालिका बनाउने र विकास निर्माणका अलवा सुशासन र सम्बृद्धि मुख्य ध्येय रहने अर्यालले इकर्मचारीसँग सुनाएका छन् ।
अर्यालले पालिकामा प्राविधिक शिक्षाको विस्तार गर्दै सामुदायिक विद्यालयमा सुधार गर्ने,वालमैत्री विद्यालय निर्माण कार्यक्रम सञ्चालन गर्दै पूर्ण साक्षर गाउँपालिका घोषणा र निरन्तर शिक्षा कार्यक्रम संचालन गर्ने उद्धघोष गरेका छन् ।
यस्तै प्रविधियुक्त शिक्षक तथा कक्षा कोठामा प्रविधिको प्रयोगको व्यवस्था गरिने, विद्यालय व्यवस्थापन समितिलाई सक्षम प्रभावकारी र जवाफदेही बनाइने, शिक्षकलाई आधुनिक सिकाई शैली, ज्ञान र प्रविधिमा अद्यावधिक हुन पेसागत क्षमता विकास गरिने, दक्ष जनशक्ति डाक्टर, इज्जिनीयर, नर्स, कृषि विज्ञ, पशु विज्ञ, गणित, अङ्ग्रेजी विज्ञान विषयका शिक्षक तयार गरिने, दलित, गरिव, विपन्न र जेहन्दार छात्रवृत्ति कोष स्थापना गरी सञ्चालनमा ल्याइने, पुस्तकालय स्थापना र व्यवस्थित संचालन गरिने उल्लेख गरेका छन् ।
त्यस्तै स्वास्थ्य क्षेत्रमा गाउँपालिकामा एक अस्पताल सञ्चालन गरिने, घरमा डाक्टर कार्यक्रम अन्तरगत अपांग भएका व्यक्ति, महिला, वृद्धवृद्धाहर दीर्घ रोगीहरुको स्वास्थ्य उपचार गर्न विज्ञ सहितको स्वास्थ्य सेवा सञ्चालन गरिने, तिरुमा वडि सेन्टर स्थापना गरिने, महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई थप सुविधा उपलब्ध गर्ने, मानसिक स्वास्थ्य पवन कार्यक्रम सञ्चालन गरिने, निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सन्चालन गर्ने लगायतका चुनावी एजेण्डा अघि सारेका थिए ।

प्रकाशित :२०७९ जेष्ठ २, सोमबार १५:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry