रसुवामा ७७ प्रतिशत मतदान, कुन पालिमामा कती ?

रसुवामा ७७ प्रतिशत मतदान भएको छ । शुक्रबार साँझ ५ बजेसम्मको तथ्यांक अनुसार जिल्लामा करिब ७७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार अहिले केन्द्रहरूमा मतपेटिका संकलनको काम चलिरहेको छ ।
Advertisement 1
उत्तरगया गाउपालिकामा ६ हजार ५ सय १८ । कालिका गाउँपालिकामा ६ हजार ७ सय १४ गोसाइकुण्ड गाउँपालिकामा ४ हजार ७ सय ७३ नौकुण्ड गाउँपालिका ७ हजार ७ सय २६ र आमाछोदिङमोमा ४ हजार २ सय १५ मत खसेको जिल्ला निर्वाचन अधिकारी थापाले बताए । जिल्लामा ५ वटा गाउँपालिका रहेको छ । जसमा २७ वटा वडा रहेका छन् ।
प्रकाशित :२०७९ बैशाख ३०, शुक्रबार २०:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%