कानून व्यवसायीद्वारा गृहमन्त्री खाँणको राजीनामा माग
आफूहरुको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी प्रशासन प्रयोग गरेको भन्दै नेपाल बारको आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरुले गुहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलन जारी राखेका कानून व्यवसायीहरुले उनको राजीनामा माग गरेका हुन् ।
Advertisement 1
सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरेको तथा शान्तिपूर्ण आन्दोलनमा प्रहरीको हस्तक्षेप बढेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन् । पछिल्लो समय न्यायालयमा बढ्दै गएको छ । केही दिन अगाडी प्रहरीको हस्तक्षेपबाट नेपाल बारका अध्यक्षसहित दर्जन भन्दा बढी वकिलहरू घाइते भएका थिए ।
उनले ‘गृहमन्त्री राजीनामा देऊ’ भनेर नारा लगाएपछि आन्दोलनकारी वकिलहरुले त्यही नारा घन्काएका थिए । बारले भोलि संसदमा प्रतिनिधित्व गर्ने सबै दललाइ ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।