कुन उम्मेद्धारले कतिसम्म खर्च गर्न पाउनेछन् ? (सूचीसहित)

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार गर्न पाउने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले मेयर,उपमेयर,गाउँपालिका अध्यक्ष उपाध्यक्षसहितका जनप्रतिनिधिहरुले निर्वाचनमा गर्न पाउने खर्चको सीमा तोकेको हो । आयोगले तोकेको खर्चको सीमा अनुसार,महानगरपालिकाको मेयर वा उपमेयरका उम्मेद्धारले सात लाख ५० हजार,महानगरका वडा अध्यक्ष र सदस्यहरुले तीन लाख,उपमहानगरपालिकाको मेयर वा उपमेयरका उम्मेद्धारले ५ लाख ५० हजार,उपमहानगरपालिकाभित्रका वडा अध्यक्ष र सदस्यका उम्मेद्धारहरुले २ लाख ५० हजार,नगरपालिकाका मेयर वा उपमेयरका उम्मेद्धारका लागि ४ लाख ५० हजारसम्म खर्च गर्न पाउने बताइएको छ भने नगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेद्धारहरुले २ लाखसम्म खर्च गर्न पाउनेछन् । यस्तै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेद्धारका लागि ३ लाख ५० हजार र गाउँपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेद्धारले १ लाख ५० हजारसम्म खर्च गर्न सक्नेछन् । यस्तै जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखका उम्मेद्धारले ५० हजारसम्म खर्च गर्न सक्नेछन् । आयोगले तोकेको खर्चको सीमा अनुसार कम्तिमा २५ हजारदेखी बढीमा ७ लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन् ।

Advertisement 1

स्थानीय तहको घोषणा लगत्तै कतिपय उम्मेदवारका आकांक्षीहरुले दिनहुँ लाखौं खर्च गरेका छन् । कतिपयले हिजो निर्वाचन चिन्ह प्राप्त गरेपछि आजदेखि खुलमखुल्ला तरिकाले पैसाको खोलो बगाउने हिसाबले खर्च गर्न थालेका छन् ।

Advertisement 2

यस्तै मतदाता नामावलीको निम्ति सबै तहका प्रमुखले एक हजार रुपैयाँ र वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित अल्पसंख्यक सदस्यले पाँच सय रुपैयाँ खर्च गर्न पाउने उल्लेख छ ।

महानगरपालिकाको प्रमुखको हकमा सवारी साधन भाडा एक लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । अन्य सदस्यले भने ३० हजारसम्म खर्च गर्न पाउने भनिएको छ ।

Advertisement 3

उपमहानगरबाट प्रमुख र उपप्रमुख पदमा उठेका उम्मेदवारले एक लाख १० हजार र अन्य सदस्यले २० हजारसम्म खर्च गर्न सक्नेछन् । नगरपालिकाका प्रमुखको उम्मेदवारको हकमा सवारी खर्च ९० हजार र सदस्यको हकमा १६ हजार निर्धारण गरिएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले ६० हजार र सदस्यको हकमा ११ हजार निर्धारण गरिएको छ । प्रचारप्रसारका लागि आयोगले ६० हजारदेखि एक लाख रुपैयाँसम्म सीमा निर्धारण गरिदिएको छ ।

प्रकाशित :२०७९ बैशाख १९, सोमबार ११:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry