अन्तर्वार्ता सूचीबाट हटाइएको सम्बन्धी लोकसेवा आयोगको सूचना

लोकसेवा आयोगले एक जना उम्मेद्धारको दरखास्त फाराम र लिखित परीक्षा रद्द गरी अन्तर्वार्ता सूचीबाट हटाइएको जनाएको छ । आयोगले नेपाल स्वास्थ्य सेवा सर्जरी समूह,युरो सर्जरी उपसमूह ११ तहका उम्मेद्धार अनिल श्रेष्ठको नाम अन्तर्वार्ताको सूचीबाट हटाएको हो । श्रेष्ठ लिखित परीक्षाको नतिजाबाट उत्र्तीण भइ अन्तर्वार्ताका लागि छनौंट भएका थिए । श्रेष्ठले दुर्गम तथा अति दुर्गम क्षेत्रमा पूरा गर्नुपर्ने सेवा अवधि पूरा नगरेका कारण नेपाल स्वास्थ्य सेवा ऐन अनुसार उनलाई अन्तर्वार्ताबाट हटाइएको जनाइएको छ ।
lok
प्रकाशित :२०७९ बैशाख १७, शनिबार १९:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%