पाइपलाइनबाटै बचत गर्यो साढे एक अर्ब

नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी(अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब रुपैयाँ बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको एक अर्ब ४७ करोड रुपैयाँ बचत भएको हो ।

Advertisement 1

उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा १४ करोड ७० लाख रुपैयाँ बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी(अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेका थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो ।

Advertisement 2

इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । पाइपलाइन सञ्चालनको शुरुआती दिनमा कम मात्रामा डिजेल आयात भएकामा हाल उल्लेख्य मात्रामा आयात भएको निगमले जनाएको छ ।

पाँच वर्षदेखि नाफामा

Advertisement 3

लामो समयदेखि घाटामा रहेको निगम आर्थिक वर्ष २०७२/०७३ देखि (पाँच वर्ष यता) नाफामा सञ्चालन भइरहेको छ । निगमले आव २०७२/०७३ मा रु १९ अर्ब ३६ करोड, आव २०७३/०७४ मा रु नौ अर्ब ४५ करोड, २०७४/०७५ मा रु तीन अर्ब ५८ करोड, २०७५/०७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६र०७७ मा १२ अर्ब ८७ करोड रूपैयाँ नाफा कमाएको छ ।

निगमले आर्थिक वर्ष २०७५/७६ मा २९ करोड रूपैयाँ रहेको चुक्ता पुँजीलाई १० अर्ब रूपैयाँ पुँजी वृद्धि गरेर ११ अर्ब रूपैयाँ पुर्याएको थियो । आर्थिक वर्ष २०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नाफा रकमबाट सेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको जनाइएको छ ।

प्रकाशित :२०७७ पुष १७, शुक्रबार १२:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry