मेयर लड्न अधिकृत पछि उपसचिवले पनि दिए राजीनामा

अधिकृत पछि अर्काे उपसचिव पनि राजीनामा दिएर राजनीतिमा होमिने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बिष्णुप्रसाद भुषालले पनि कञ्चनराज गिरीकै पदचाप पछ्याउन लागेका हुन । गिरीले यस अघि गत चैत्र २४ मै राजीनामा दिएर चुनावी प्रचार प्रसारमा होमिसकेका छन् । गिरी २१ पटकसम्म लोकसेवा भिडेर असफलता झेलेका र २२ औं पटकमा अधिकृतमा नाम निकाल्न सफल भएका व्यक्ति हुन जो कालीगण्डकी ए जलविद्युत आयोजनामा प्रशासन प्रमुखको रूपमा कार्यरत रहँदै आएका थिए । उनले सरकारी जागिर खाएको ४ महिना २४ दिनमै राजीनामा दिएका थिए ।

Advertisement 1

गिरी बनेपा नगरपालिकाबाट मेयरमा उठ्ने तयारी गर्दैछन् स्वतन्त्र रुपमा मेयरका उम्मेद्धार बनेका उनी चुनावी मैदानमा होमिसकेका छन् । मासिक १ लाख बराबरको तलब सुविधा पाउने सरकारी जागिरबाट राजीनामा दिएका गिरी पछि उपसचिव बिष्णु भुषालले पनि राजीनामा दिएर मेयरमा उठ्ने तयारी गरिरहेका हुन ।

भुषाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थिए । एक महिना देखि उनलाई मन्त्रालयको अक्तिरिक्त समूहमा राखिएको थियो । नौ बर्ष अघि नै उपसचिवमा बढुवा भएका भुषालसँग १२ बर्ष स्थानीय तहमै काम गरेको अनुभव छ । भुषालले आजै सचिवलाई राजीनामा बुझाउने बताएका छन । यो समाचार तयार पार्दासम्म उनको राजीनामा सचिव समक्ष पुगिसकेको भने छैन ।

Advertisement 2

उनी नवलपुरको देवचुली नगरपालिकाको मेयर लड्न पदबाट राजीनामा दिन लागेका हुन्। निजामती सेवामा २२ वर्ष बिताएका भुसालले नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने बताएका छन् ।

Advertisement 3

यसैबीच सोही जिल्लाको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लड्न डोलराज पाण्डेले उपसचिवबाट स्वेच्छिक अवकाश लिएका छन् । २८ बर्षसम्म निजामती सेवा गरेका पाण्डेले शिक्षा विकास तथा समन्वय इकाई पश्चिम नवलपरासीको उपसचिवबाट स्वेच्छिक अवकाश लिएर काँग्रेस पार्टीबाट चुनाव लड्न लागेका हुन । उनी उमेर हदका कारण अर्काे बर्ष अवकाश पाउन लागेका छन् । भुसालले भने अवकाश पाउन ४ बर्ष बाँकी छ ।

प्रकाशित :२०७९ बैशाख ९, शुक्रबार १२:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry