शत प्रतिशत भत्ता दिँँइदा पनि किन खटाएको ठाउँमा जान मानेनन यी निर्वाचन अधिकृत ?
निर्वाचन आयोगले गत चैत्र १३ मा स्थानीय तह निर्वाचनका लागि तोकिएका ६७६ निर्वाचन अधिकृत तोकेकोमा अहिलेसम्म १०४ जनाको सूची हेरफेर भएको छ ।निर्वाचनमा खटिने कर्मचारीलाई शत प्रतिशत भत्ता दिइँदा पनि सयौंका संख्यामा कर्मचारीहरु किन आयोगले खटाएको ठाउँमा नगएका होलान् ? आयोगले यस्लाई सामान्य प्रक्रिया भने पनि विज्ञहरुले भने, राजनीतिक दलका दबाब लाई प्रधान कारण भनेका छन् ।
Advertisement 1
यही कारण आयोगले यस अघि सार्वजनिक गरेको सुची पटक पटक गरी ५ पटक संशोधन गरिसकेको छ । आयोगले सूची सार्वजनिक गरेको दश दिन पछि एकै पटक ८७ जनाको सूची संशोधन भएकोमा सातादिनपछि १२ जना (मुख्य निर्वाचन अधिकृतसहित) हेरफेर गर्न भ्याएको छ । यो क्रम अस्ति शुक्रवारसम्म जारी रह्यो ।
आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको रुपमा खटाएकोमा यस अघि भरतपुरको मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको थियो स्थानीय तह निर्वाचन आउन ३१ दिन बाँकी रहेका बेला आयोगले मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर उनको स्थानमा न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो ।
यस अघि निर्वाचन आयोगले ७१ जना मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको थियो । यस्तै १६ जनाको संशोधन गरेको थियो । त्यसपछि पनि यो सिलसिला अस्ति २ गतेसम्म जारी रह्यो । आयोगले अस्ति शुक्रबारमात्र बैतडी र सप्तरीका दुई गाउँपालिकामा नयाँ अधिकृत नियुक्त गरेको थियो । आयोगले बैतडीको डिलासैनी गाउँपालिकामा निर्वाचन अधिकृतका रूपमा खटाइएका लोकबहादुर लोपचनलाई हटाएर उनको ठाउँमा विष्णुदत्त भट्टलाई खटाएको थियो । यस्तै सप्तरीको विष्णुपुर गाउँपालिकामा खटाइएका प्रकाशप्रसाद पोखरेललाई हटाएर उनको ठाउँमा यादवप्रसाद न्यौपानेलाई पठाएको थियो । यस्तै गत २९ चैत्रमा मात्र आयोगले यस अघि खटाएका १० जना निर्वाचन अधिकृतलाई पदबाट हटाएर उनीहरुको स्थानमा १० जना नयाँ निर्वाचन अधिकृतलाई खटाएको थियो भने आयोगले उपसचिव लक्ष्मीदेवी होमागाईलाई यस अघि पाँचथरको मिक्लाजुङ गाउँपालिकामा खटाएकोमा संशोधन गर्दै अब धनकुटाको महालक्ष्मी नगरपालिकामा खटाएको थियो ।
यो समेत गरी आयोगले पहिला खटाएकोमध्ये ८४ जना निर्वाचन अधिकृतलाई हटाएर तीनका ठाउँमा नयाँ निर्वाचन अधिकृत खटाएको छ भने १ जना मुख्य निर्वाचन अधिकृत हटाएर नयाँ खटाएको छ । यस्तै १७ जनाको संशोधन गरेको छ ।
https://ekarmachari.com/?p=21337
Advertisement 2
https://ekarmachari.com/?p=21986