सातामा दुई दिन बिदा,राज्यलाई फाइदा कि घाटा ?

पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले सरकारले राखेको सातामा दुई दिन बिदा दिने प्रस्ताव यतिखेर क्याबिनेटमा पुगेको छ । संकटोन्मुख अर्थतन्त्रलाई बेलैमा रोकथाम गर्ने उद्देश्यले केन्द्रीय बैंक र आयल निगमले सरकारसमक्ष गरेको उक्त प्रस्तावबारे अनेक चर्चा हुन थालेको छ ।

Advertisement 1

पेट्रोलियम पदार्थको भाउ अचाक्ली बढेकाले त्यसको खपत कम गर्न दुई दिन बिदाको प्रस्ताव गरिएको बैंक र निगमका अधिकारीहरुको दाबी छ । त्यसो गर्दा पेट्रोलियम पदार्थमा ३० देखि ३५ प्रतिशतले कमी आउने उनीहरुको भनाइ छ । तर, विद्यमान सरकारी सुविधातर्फ ध्यान नदिएर गरिएको उक्त प्रस्तावमा सत्यता नभएको प्रशासनविद्हरुको भनाइ छ ।

सातामा दुई दिन बिदा दिँदैमा सवारी साधनको प्रयोगमा नसोचेको कमी आउने आधारमा दम नभएको उनीहरु बताउँछन् । ‘सामान्य कमी आउने तर उत्पात परिमाणमा तेल खपत कम नहुने,’ एक जना प्रशासन विज्ञले जानकारी दिए ।

Advertisement 2

अहिले राष्ट्रपति,उपराष्ट्रपति, प्रधानमन्त्री,संवैधानिक अंगका अध्यक्ष र सदस्यहरु,मन्त्री,सचिव, सैनिक अधिकारी,प्रहरी,बैंक तथा वित्तीय संस्थाका कर्मचारी र अन्य सबै निकायका पदाधिकारीलाई सवारी साधनसँगै उपलब्ध गराइएको इन्धनमा कोटा तोकिएको छ । दुई दिन बिदा दिँदा उनीहरु कार्यालय नजाने तर,त्यहि कोटाको इन्धन सकाउँदै डाँडाकाँडा र विभिन्न स्थानको भ्रमण गर्ने प्रवृत्ति बढ्ने निश्चित रहेको बताइन्छ ।

अर्थ मन्त्रालयले हालै गरेको एउटा सामान्य अध्ययनबाट दुई दिन बिदा दिएमा सरकारी कार्यालयबाट प्रति महिना १८ लाखको इन्धन बचत हुने जनाइएको छ । अर्कोतर्फ महिनामा चार दिन थप बिदा दिँदा सरकारी राजश्व उठ्तीमा सोझो असर पर्नेछ ।

प्रकाशित :२०७९ बैशाख ५, सोमबार ०४:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry