मानव कल्याण समाजलाई आर्थिक सहयोग

काभ्रे । मानव कल्याण समाज काभ्रेलाई समाजसेवी अनिला कायस्थले आर्थिक सहयोग गरेकी छिन् ।
बनेपा, ७ निवासी कायष्थले आफ्नो आमा स्व.चन्द्रदेवी कायस्थको पाँचौ वार्षिक पुण्य तिथिको अवसरमा धुलिखेल,४मा सञ्चालित मानव कल्याण समाज काभ्रेलाई आर्थिक सहयोग गरेकी हुन् ।
आफ्नो आमाको वार्षिक पुण्य तिथिको अवसरमा उनले मानव कल्याण समाजलाई ५० हजार २५ रुपैँया सहयोग गरेकी हुन् । आमाको पुन्य तिथिको अवसरमा उक्त संस्थालाई सानो सहयोग गर्न पाउँदा खुशी लागेको कायस्थले बताईन् । कायस्थले यस अघि आफ्नो आमा÷बुबाको वार्षिक पुन्य तिथि लगायत विभिन्न शुभ कार्यमा जिल्लाका विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गर्दै आएकी छिन् ।
आफ्नो संस्थालाई आर्थिक सहयोग गरेर साथ दिएकोमा मानव समाज कल्याण काभ्रेकी अध्यक्ष सुमित्रा चौलागाईँले समाजसेवी अनिला कायस्थप्रति कृतज्ञता व्यक्त गरिन् ।

प्रकाशित :२०७९ बैशाख ३, शनिबार १५:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry