सप्तरीमा पोखरीमा डुबेर बालकको मृत्यु

Advertisement 1
सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको सोमबार ज्यान गएको छ ।
ज्यान गुमाउनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवका ८ वर्षीय छोरा देवराज यादव रहेका छन् ।
Advertisement 2
मामाघर राजगढ आएको बेला मामाघरदेखि १५ मिटर उत्तरपट्टी रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित :२०७८ चैत्र २९, मंगलवार ०५:३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%