ज्योति विकास बैंकका ग्राहकलाई होटल सेन्ट्रल प्लाजामा १५ प्रतिशत छुट

ज्योति विकास बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरूलाई सहुलियत पुग्ने गरी कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजासँग सम्झौता गरेको छ ।

Advertisement 1

बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरूले सो होटलबाट विभिन्न सेवा लिँदा १५ प्रतिशत छुट उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।

उक्त छुट पाउनका लागि कर्मचारी तथा ग्राहकहरूले ज्योति विकास बैंकको  भिसा डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा होटलको फुड एन्ड वेभरेज र रूम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी गराएको छ ।

Advertisement 2

सम्झौतापत्रमा ज्योति विकास बैंकका कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझी र होटल सेन्ट्रल प्लाजाका बजार व्यवस्थापन प्रमुख रमेशकुमार पाठकले हस्ताक्षर गरेका हुन् । बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न त्यस्तो सम्झौता गरेको बताएको छ ।

प्रकाशित :२०७८ चैत्र २२, मंगलवार ०८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry