कामना सेवा विकास बैंकको १३५औ शाखा चितवनमा
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवनको भरतपुर महानगरपालिका वडा नं. २६ ज्योतिनगरमा १३५औशाखा कार्यालय स्थापना गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको छ । यो सँगै चितवन जिल्लामा बैंकको शाखा संख्या १० पुगेको छ ।
Advertisement 1
बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
सामाजिक सञ्जाल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका यस संगै १३४ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ७ वटा शाखारहित बैंकिङ सेवातथा ७७ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।