मेगा बैंकका हरेक शाखाले २–२ जना छात्रालाई आर्थिक सहयोग गर्ने

मेगा बैंक नेपालले छात्राहरुलाई आर्थिक सहयोग गर्नेगरी २०७९ सालको इक्यालेण्डर तय गरेको छ । सो अभियानबाट देशभरका प्रत्येक शाखाले २–२ जना छात्राहरुलाई आर्थिक सहयोग गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement 1

बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम ल्याएको थियो । सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत सयौं छात्राहरुलाई अहिले मेगा बैंकले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

यो छात्रवृत्तिले शाखा संचालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको बैंकको भनाइ छ ।

Advertisement 2

यसपालिको क्यालेण्डरमा बैंकले छात्रवृत्ति दिइरहेका छात्राहरुको तस्वीर सार्वजनिक गरी उनीहरुलाई प्रोत्साहन गरिएको बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।

प्रकाशित :२०७८ चैत्र १७, बिहीबार १०:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry