म जतिबेला पनि मारिन सक्छु:- रामकुमारी झाँक्री

सत्तारुढ नेकपा चोइटिएपछि अहिले नेताहरुबीच तिक्तता यतिधेरै बढेको छ कि सांघातिक हमला हुने संकेत पनि देखिँदै गएको छ । शनिवारमात्र नेकपाका प्रभावशाली नेता मानिएका महेश बस्नेतले यस्तो धम्की दिए कि जस्ले सिंगो नेकपावृत्तमै हलचल ल्याइदिएको छ ।
उनले पेरिसडाडाँमा आगो लगाइदिने धम्की नै दिए । प्रचण्ड माधव नेपाल पक्षमाथि आगजनीदेखि हमलासम्मको खुलेआम चेतावनी दिँदै उनले आफ्नो पार्टीको हेडक्वार्टर बल्खु र धुम्बाराहीमा आँखा लगाए पेरिसडाँडामा आगो लगाइदिने धम्की दिएका हुन् ।
यस्तै संसद बिघटनपछि ओली निकटका मानिने युवा संघका नेता रमेश पौडेलले ओलीविरुद्ध हस्ताक्षर गर्ने सांसदलाई ढुंगैढुंगाले हान्ने भिडियोमार्फत चेतावनी दिन भ्याए ।

Advertisement 1

(रातो ज्याकेटका सागर र निलो ज्याकेटमा विकास पुगे प्रहरी खोरमा)

यता ओली सरकारको गतिविधिको कटु आलोचक नेतृ रामकुमारी झाक्रिले आफूमाथि जुन कुनै क्षणमा सांघातिक हमला हुनसक्ने र आफू जुन कुनै क्षण मारिनसक्ने बताएकी छिन् । शनिबार सामाजिक सञ्जाल टिकटकमा झण्डै एक घण्टा लाइभमा बोल्दै उनले त्यस्तो संकेत गरेकी हुन् । आफूमाथि केपी ओली खेमाबाट जुनसुकै बेला पनि आक्रमण गर्नसक्ने संकेत गरेकी हुन् ।

उनले राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीले देशलाई बर्बाद बनाएको आरोप पनि लगाइन् । संबिधानको चीरहरण गर्नेहरुलाई बालुवाटार र शीतल निवासबाट गलहत्याएर निकाल्ने दिन आउने भन्दै त्यो बेला आफू नहुन पनि सक्छु भन्दै उनी भावुक बनिन् ।

Advertisement 2

करिब एक घण्टा लामो लाइभमा उनले गाउँमा पार्टी सदस्यता लिन आफूले गरेको संघर्षदेखि राजतन्त्रमा राजकाज मुद्धासम्म भोग्नु परेको स्मरण गर्दै ओलीले जनतामाथि घात गरेको पनि बताइन् ।

प्रकाशित :२०७७ पुष १२, आईतवार ११:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry