हिमालयन हाइड्रो एक्स्पो १८ चैतदेखि

हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करण आगामी १८ चैतदेखि काठमाडौंमा हुने भएको छ ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको सहकार्यमा १८ देखि २० चैतसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो हुने भएको हो ।

Advertisement 1

इप्पानले जलविद्युत सम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा विकसित पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, नेपालमा जलविद्युत तथा उर्जा क्षेत्रमा थप उर्जा उत्पादन, बजारको प्रवद्र्धन, देशभित्र विद्युत खपत बढाउनका साथै विभिन्न मुलुसँग जलविद्युत परियोजना विकास सम्बन्धमा छलफल गर्ने लक्ष्य लिएर एक्स्पो गर्न लागेको बताएको छ ।

एक्स्पोमा जलविद्युत प्रवद्र्धक, उत्पादक, लगानीकर्ता, सप्लायर्स, बैंक, बिमा, जलविद्युतमा नयाँ प्रविधि तथा निर्माण सामग्रीका सप्लायर्ससँग सम्बन्धित एक सयभन्दा बढी स्टल राखिने इप्पान जनाएको छ । एक्स्पोमा राखिने स्टलमध्ये आधाभन्दा बढी विदेशी हुने इप्पानका उपाध्यक्ष आशिष गर्गले जानकारी दिए । उनले एक्स्पोमा ५० हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने अनुमान रहेको बताए ।

Advertisement 2

यस्तै, इप्पानले प्रतिनिधिसभाको बैठकले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित गरेप्रति खुशी व्यक्त पनि गरे । उपाध्यक्ष गर्गले विद्युत प्रसारण लाइनको निर्माणले सबै भन्दा धेरै जलविद्युत क्षेत्रका लगानीकर्ता लाभांवित हुने बताए । उनले एमसीसी परियोजना समयमा नै निर्माण सम्पन्न भए ट्रान्समिसन लाइनको समस्या समाधान हुनका साथै विद्युत व्यापारमा सहयोग पुग्ने पनि बताए ।

यसपटकको एक्स्पोमा ऊर्जासँग सम्वन्धित नयाँ प्रविधिका साथै पावर रोबोथन ९हाइड्रोकर्न २।०० ब्याटल रोबोट्स तथा हाइड्रो पावर लाइभ डेमोन्स्ट्रेशन आकर्षण बन्नेछ । यसका साथै एक्सपोमा आएका इच्छुक अवलोकनकर्तालाई हेलिकप्टरमार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमणसमेत गराउने व्यवस्था गरेको इपान उपाध्यक्ष गर्गले बताए ।

प्रकाशित :२०७८ चैत्र १४, सोमबार १५:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry