बरिष्ठ सहायक सेवाबाटै बर्खास्त

जनक शिक्षा सामग्री कम्पनी लिमिटेडले एक जना सहायक तहका कर्मचारीलाई बर्खास्त गरेको छ । लिमिटेडले एक सूचना प्रकाशित गर्दै पाँचौं तहका बरिष्ठ सहायक दिनेश पौडेललाई भविष्यका लागि सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको जनाइएको छ । जनक शिक्षा सामाग्री केन्द्रको चैत ९ गतेको निर्णयअनुसार सेवाबाट हटाइएको सूचनामा जनाइएको छ ।
Advertisement 1
सूचना अनुसार पौडेल लामो समयदेखि बिदा स्वीकृत नगरी लामो समयसम्म अनुपस्थित रहेकाले उनलाई कर्मचारी सेवा सर्त विनियमावली, २०५७ को विनियम (७) १ अनुसार भविष्यमा सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरिएको केन्द्रले जनाएको छ ।
प्रकाशित :२०७८ चैत्र १०, बिहीबार १४:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%