यी न्यायाधीश जो आरक्षण छाडेर खुलामा भिडे

दलितहरू आरक्षणमा मात्रै भर पर्दैनन्, खुला प्रतियोगितामा भिड्न पनि उत्तिकै सक्षम छन् भन्ने उदाहरण हुन दिलकुमार बर्देवा ।
Advertisement 1
उनी २०७६ मा खुला प्रतिस्पर्धाबाट न्यायाधीश बने। उनी दलित भए पनि उनले निरन्तर खुला प्रतिस्पर्धा रोजे र सधैँ सफलता हात पारिरहे। उनको जन्म पूर्वी पहाड ताप्लेजुङको विकट गाउँ मामाङ्खेमा जन्म भयो । सामान्य परिवारका उनी शिक्षण पेसा गर्दागर्दै अचानक निजामती सेवाप्रति उनको झुकाव बढ्यो ।
विराटनगर लोक सेवा आयोगको फाराम भरे । न्याय र कानुनमा दलितका लागि भनेर १र१ वटा आरक्षित सिट थियो । उनले न्याय रोजे । ०६६ मा राजविराज उच्च अदालतमा पहिलो पोस्टिङ भयो । एक वर्षपछि इलाम पुनरावेदन (उच्च) अदालत काज सरुवा मिलाएर आए । उनी दिउँसो कार्यालयमा काम गर्थे, बिहान र बेलुका पढ्थे र उपसचिवमा पनि नाम निकाले ।
Advertisement 2
पहिलो पोस्टिङ भयो, राजविराज उच्च अदालतमा उपरजिस्ट्रारको पदमा । पछि उच्च अदालतको निमित्त रजिस्ट्रार, स्रेस्तेदार भए । जिल्ला न्यायाधीशको परीक्षा त्यहीं हुँदा लेखेका थिए ।