ओलीको केन्द्रीय सदस्य पद अस्वीकार गर्दै पूर्वमन्त्री तामाङ दम्पत्ती दाहाल–नेपाल खेमातिर

प्रधानमन्त्री ओलीले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गर्नेहरुको संख्या बढ्दै छ । हालसम्म दुई दर्जन बढी नेता कार्यकर्ताहरुले ओलीको केन्द्रीय सदस्य पद बहिष्कार गरेका छन् । यसरी बहिस्कार गर्नेमा पूर्व कानुनमन्त्री शेरबहादुर तमाङ पनि थपिएका छन् ।

Advertisement 1

गर्दै पूर्व कानुनमन्त्री शेरबहादुर तमाङ दाहाल नेपाल समूहतिर गएका छन् । उनको पत्नी तथा प्रदेश १ को सांसद उषाकला राई पनि सोही समूहतिर प्रवेश गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राई आफ्नो समूहमा रहेको भन्दै केन्द्रीय कमिटीमा मनोनित गरेका थिए। तर, आज बिहान सामाजिक संजालमा लेख्दै राईले केन्द्रीय कमिटीको मनोननय अस्वीकार गरेकी हुन्।

उनले मनोनित गरेकोमा धन्यवाद भन्दै उक्त पद स्वीकार गर्न नसकेको र केन्द्रीय कमिटीमा नरहेको जनाएकी छिन्। दम्पत्तीको तर्फबाट दुई पृष्ठको ‘हाम्रो भनाइ’ सामाजिक संजालमा राखेर पार्टी अहिलेको अवस्थासम्म आइपुग्दा दुःख लागेको जनाएका छन्। उनीहरुले आफूभित्र भएको कुण्ठित भावना त्यागेर पार्टीलाई एकताबद्ध गराउनेतर्फ लाग्न सबैलाई आग्रह गरेका छन्। पार्टीको विग्रहले देश र जनताकै लागि पीडादायी भन्दै यसले ठूलो क्षति पुग्ने उनीहरुको भनाइ छ।

Advertisement 2

संसद पुनःस्थापना अब अदालतको हातमा रहेको भन्दै पुनस्थापना भए एउटा कोर्स शुरु हुने र नभए जनताको हातमा भएकाले निर्वाचनमा जानुपर्ने लेखेका छन्।

तामाङ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। प्रदेश १ सांसद रहेकी राई संविधानसभा सभा सदस्य हुँदा महिला सभासद् समूह ककसको संयोजक पनि थिइन्।

प्रकाशित :२०७७ पुष ९, बिहीबार १३:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry