अन्तत: बादलले रोजे ओली
नेकपा विभाजित भएपछि प्रधानमन्त्री केपी ओली पक्ष र प्रचण्ड–नेपाल पक्षबीच नेता कार्यकर्ता आफूतिर तान्ने होडबाजी सुरु भएको छ ।
विभाजन हुँदा दुवैतिर गुटमा समावेश नभएका गृहमन्त्री रामबहादुर थापा बादल अन्तमा ओली पक्षतिरै ढल्किएका छन् ।
Advertisement 1
विगतमा प्रचण्डसँग विभाजन भएर वैद्यसमूहतिर लागि पुनः माओवादी केन्द्रमै बिलिन भएका बादल अहिले पनि प्रचण्डसँग बस्नुभन्दा ओलीतिर लाग्नु हितकर हुने निष्कर्षमा पुगेको उनी निकट स्रोतको भनाइ छ । बादल समूहबाट मणि थापा यसअघि नै ओली समूहतिर गइसकेका छन् । उनको समूहबाट प्रतिनिधित्व गर्ने अन्य नेताहरु भने प्रचण्ड–नेपाल समूहतिरै लागेका छन् ।बादल समूहमा २२ जना छन् । जसमध्ये अधिकांश प्रचण्ड माधव नेपाल खेमातिर लागेका छन् ।
बादल निकट स्रोतले भन्यो, ‘हामीले ओली प्रतिगमनकारी हुन्, उहाँतिर लाग्नु अग्रगमन नमान्नु हो भनेर धेरै भन्यौं । तर उहाँको जोडबल ओलीतिरै लाग्न छ, हामी सम्झाउँदा सम्झाउँदा हैरान भइसक्यौ तर मान्नु भएको छैन ।’
प्रतिनिधि सभा विघटनको चार दिनसम्म अनिर्णित रहेका बादलले लामो छलफलपछि ओलीलाई रोजेका हुन्।
Advertisement 2
बादल ओली पक्षमा लागेको बादलनिकट एक केन्द्रीय सदस्यले जानकारी दिए। प्रचण्ड नेपाल पक्षले नै बादल उतै गएको बताएको छ।