आफ्नो पूरै टिमलाई निर्वाचित गराउन चुननारायणको अपिल

– अजय गोर्खाली

Advertisement 1

अनुभवी, सक्षम, कुशल र जिम्मेवार नेतृत्व भनेको सशक्त नै हुने रहेछ । उद्योग वाणिज्य संघ–चितवनको चुनावमा १० वर्षअघिको माहोल अहिले चुननारायण श्रेष्ठको पालामा आएर दोहोरिन सफल भएको छ । १० वर्षअघि अध्यक्षमा मित्रराज दवाडी लगायत केही पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए । यस्तै अहिले वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका चुननारायण श्रेष्ठको अध्यक्षमा उम्मेदवारी परेपछि अध्यक्ष पदलाई सबैको समर्थन जुरेको हो ।
अध्यक्षमा चुननारायण जस्तै निर्विरोध निर्वाचित हुने अरु पनि उनकै प्यानलबाट रहेका छन् । वरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ, उपाध्यक्षमा चिरञ्जिवी सुवेदी, उद्योगतर्फ सदस्यहरु क्रमशः अशोक अधिकारी, इमान्दु बराल, योगिता पिया, ई. कृष्णप्रसाद रिजाल, लिलाबहादुर क्षेत्री, रुद्र सुवेदी, कर्पाेरेट सदस्य रजनी मास्के, डा. जीवनकुमार श्रेष्ठ, महिला सदस्य पूर्णिमा श्रेष्ठ, क्षेत्रीय संघ सदस्य रेशमलाल आचार्य पनि निर्विरोध नै चुनिएका हुन् ।
यही प्यानलबाट उपाध्यक्षमा कर्पाेरेटतर्फ भोजराज कौडाल र वाणिज्यतर्फ शंकर नेपाल भोलि चुनाव लड्दैछन् । सदस्यमा वाणिज्यतर्फ चुनावमा भिड्न लागेका थिरप्रसाद धिताल, दिपा शाही, धनप्रसाद पोख्रेल, नारायण प्रधान, राजन पिया र ज्ञानुप्रसाद न्यौपाने यही टिमका हुन् । यी मध्ये नयाँ उम्मेदवारको रुपमा महिला (दिपा शाही) लाई स्थान दिइएको हो भने अन्य सबै नै कार्यसमितिको अनुभवी व्यक्तित्व हुन् ।
‘सबैलाई सर्वसम्मत नै लैजाउँ भन्ने प्रयास थियो’, चुननारायणले भने, ‘तर अलिकति सकिएन ।’ संघका अग्रज, पूर्वअध्यक्षहरु र वर्तमान नेतृत्वबाट प्राप्त राय, सुझाव र मार्गनिर्देशन, आम उद्योग व्यवसायीको चाहना बमोजिम यो टिम खडा भएको हुँदा आफूहरुको पूरै सेटले नै चुनाव जित्ने लगभग निश्चित जस्तै रहेको उनी बताउँछन् । यस टिमका सबै पदाधिकारी–सदस्यहरुलाई आफ्नो अमूल्य मत दिएर निर्वाचित गराइदिन हुन सम्पूर्ण मतदाताहरुमा उनको आग्रह पनि छ ।
उद्योग वाणिज्य संघ–चितवनको विधान बमोजिम प्रत्येक २÷२ वर्षमा हुने नेतृत्व परिवर्तनका लागि आयोजना गरिने अधिवेशनको प्रक्रिया अन्तर्गत भोलि फागुन ३० गते संघकै परिसरमा निर्वाचन हुन गइरहेको छ ।

प्रकाशित :२०७८ फाल्गुन ३०, सोमबार १४:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry