संसद भवनमा प्रचण्ड–माधव पक्षधर सांसदको हस्ताक्षर संकलन

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका निवर्तमान सांसदहरुको भेला बानेश्वरमा चलिरहेको छ ।
Advertisement 1
बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारभित्रै आफूपक्षीय सांसदको भेला गरिसकेपछि संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा प्रचण्ड–नेपाल पक्षीय सांसदको भेला हुन लागेको हो ।
नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला भइरहेको एक सहभागीले जानकारी दिए । भेलामा प्रचण्ड, झलनाथ खनाल, नेपाललगायत शीर्ष नेता सहभागी छन् ।
Advertisement 2
संसद विघटनविरुद्ध नेकपाका सांसदहरुले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन गरिरहेका हुन् । नेकपाको संसदीय दलमा ८५ जनाभन्दा बढी सांसदको हस्ताक्षर संकलन गरिएको छ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको बानेश्वरस्थित संसद भवनमा भेला सुरु हुनुअघि सो हस्ताक्षर संकलन गरिएको हो।
नेकपाका प्रचण्ड माधव नेपाल पक्षधर सांसदहरु प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर सर्बोच्च अदालत जाने तयारी समेत भइरहेको छ ।