अर्थका ७ सहसचिवको जिम्मेवारी हेरफेर :-भन्सारका डिजी मन्त्रालयमा तानिए


अर्थमन्त्रालयले मन्त्रालय मातहतका सह सचिवहरुको जिम्मेबारी हेरफेर गरेको छ । हिजोमात्र ३१ सह सचिवको सरुवा हुँदा दीर्घराज मैनालीहरु मन्त्रालयमा तानिएका थिए । उनै मैनालीलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
यस्तै मन्त्रालयले भन्सार विभागका हाकिम सुमन दाहाललाई मन्त्रालयमा तानेको छ । उनलाई योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाको कमाण्डर तोकिएको छ । दाहालको ठाउँमा यमलाल भुसाललाई पठाइएको छ । भुसाल यस अघि अर्थ मन्त्रालयकै आर्थिक नीति तथा विष्लेषण महाशाखामा थिए ।
यस्तै रामप्रसाद घिमिरेलाई आर्थिक नीति तथा विष्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ । यस्तै हिजोमात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयबाट अर्थमा ल्याइएका आनन्द काफ्लेले आन्तरिक राजश्व विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका छन् । त्यहाँ शम्भु मरासैनीलाई पनि उपमहानिर्देशकको जिम्मेवारी दिएर पठाइएको छ । त्यस्तै, एयरपोर्ट भन्सारमा लक्ष्मीप्रसाद निरौला खटाइएको छ ।

प्रकाशित :२०७७ फाल्गुन १४, शुक्रबार १९:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry