पल शाहले गरे प्रहरीमा आत्मसमर्पण

नायक पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। एक नाबालिक गायिकाले जबरजस्ती करणीको आरोपमा जाहेरी दिएको ४ दिनपछि आज तनहुँ प्रहरीमा उनले आत्मसमर्पण गरेका हुन् ।
Advertisement 1
४ दिनदेखि फरार रहँदै आएका उनले केही अघि सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपालको कानुनलाई सम्मान गर्दै आजै नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी गराएका थिए । यसअघि प्रहरीमा उपस्थित हुन् नसकेकोमा माफी माग्दै उनले आफ्नो स्वास्थ्य अवस्था र चलचित्र रिलिज भएका कारण त्यस्तो निर्णय गर्नुपरेको प्रष्टीकरण पनि दिएका छन् ।
‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले लेखेका थिए । पल आज पक्राउ परेको तनहुँ प्रहरीले पुष्टि गरेको छ ।