संसद विघटनबारे संविधानमा के छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेका छन्। आइतबार बिहान मन्त्तिपरिषद्को आकस्मिक बैठक डाकेर संसद् विघटनका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको थियो । संसद बिघटनका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।

Advertisement 1

तर नेपालको संविधान संसद विघटनको विषयमा स्पष्ट छैन। संविधानको धारा ७६ मा मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था छ ।

उक्त धाराको उपधारा ७ मा प्रधानमन्त्रीले संसद् विघटनको सिफारिश गर्नसक्ने सम्बन्धी व्यवस्था छ ।

Advertisement 2

संविधानअनुसार शुरूमा त राष्ट्रपतिले बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री चुन्नुपर्ने हुन्छ ।

कुनै पनि दलसँग स्पष्ट बहुमत नभएको खण्डमा संसद्मा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलका बहुमत सांसदको समर्थन प्राप्त गर्न सक्ने संसद् सदस्य राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त हुनेछन् ।

Advertisement 3

उक्त व्यवस्था संविधानको धारा ७६ उपधारा (३) मा उल्लेख छ ।

यसरी चुनिएका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।्यस्तै सविधानको धारा ८५ को १ मा लेखिएको छ यस संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ भन्ने उल्लेख छ ।

संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरि ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख छ।

प्रकाशित :२०७७ पुष ५, आईतवार ११:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry