यी हुन् ५० पटक अन्तर्वार्तामा फेल हुने, तर गुगलले दियो डेढ करोडको जागिर !
कुनै बेला जागिरका लागि धाउँदा-धाउँदा असफल भएकी र अन्तर्वार्तामै ५० पटक फेल भएकी २४ वर्षीया संप्रिती यादव नामकी युवतीले अन्ततः वार्षिक डेढ करोड रुपैयाँ बराबरको रकम कमाउने जागिर पाएकी छिन्, त्यो पनि गुगल कम्पनीमा ।
Advertisement 1
बेरोजगार हुँदा जागिरका लागि भौतारिने क्रममा विभिन्न कम्पनीमा पुगेकी यादवलाई कसैले पत्याएन । उनी ५० पटक त अन्तर्वार्तामा गइन्, तर कुनै पनि जागिरमा उनलाई बोलाइएन । यति हुँदा पनि उनले हार मानिनन्, मेहेनत गर्दै रहिन् ।
मेहेनतको फल मिठो हुन्छ भनेझैँ अहिले उनलाई एकसाथ चार ठाउँबाट जागिरको अफर आयो । सबैभन्दा ठूलो त गुगल कम्पनीको वार्षिक करिब पौने २ करोड रुपैयाँ बराबरको रकम कमाउने जागिरको अफर पनि उनले पाइन् । अन्ततः गुगलको उक्त जागिरको प्रस्ताव उनले स्वीकार गरेकी छिन् ।
Advertisement 2
फेब्रुअरी १४ देखि उनले गुगलमा काम गर्न सुरु गरेकी छिन् । भारतको नयाँ दिल्लीबाट कम्प्युटर साइन्समा उनले स्नातक गरेकी छिन् । उनले गुगलको जागिर पाउन पनि सजिलो चाहिं थिएन । विभिन्न ९ चरणको परीक्षामा खरो उत्रिँदै उनी छनोट भएकी हुन् । एजेन्सीको सहयोगमा