एकाबिहानै सिंहदरबारको पूर्वी गेटमा छड्के जाँच,पोशाक नलगाई हिड्ने कर्मचारी फन्दामा


पोसाकको लागि सरकारले उपलव्ध गराउने १० हजार भत्ता बुझ्ने तर हिरोइज्जम देखाउँदै चुल्ठेमुन्द्रे शैलीमा सरकारी जागिर खाने कर्मचारीहरु फन्दामा पर्ने थालेका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको छ ।

Advertisement 1

बाहिरी पोशाक लगाएर कार्यलय जाँने,पूरै समय कार्यलयमा नबस्ने,आफूखुसी हिड्ने,बाहिरी पोशाक लगाएर बार्गेनिग गर्ने परिपाटी मौलाउदै सरकारले ती उपर एक्सन लिन थालेको हो । पछिल्लो समय सरकारी कर्मचारीहरु पोशाक नलगाइ,कार्यलय जाने, कार्यलय समयमा शेयर कारोवारमा लाग्ने,विभिन्न इन्स्टिच्यूडहरुमा लोकसेवा तयारी कक्षा पढाउन जाने विकृती मौलाएसँगै त्यसको नियमन गर्ने सतर्कता केन्द्रलाई निर्देशन दिइएको थियो ।
सरकारले निजामती कर्मचारी पुरुषका लागि गाढा नीलो पाइन्ट, सेतो सर्ट, गाढा नीलो कोट तथा कालो जुत्ता अनिवार्य गरेको छ भने यस्तै महिला निजामती कर्मचारीले गाढा नीलो पाइन्ट, सेतो सर्ट, गाढा नीलो कोट, कालो जुत्ता, स्याण्डल वा आकासे गाढा नीलो सारी, गाढा बैजनी रङ्गको सारीको पारी, पारी अनुसारको ब्लाउज वा आकासे गाढा नीलो कुर्ता तथा गाढा बैजनी सादा सलवार र सल लगाउन अनिवार्य गरेको छ । तर पोशोक भत्ता बुझ्ने अनि टिर्सट र जिन्स पाइन्टमा ठाटिएर सरकारी अड्डा धाउने कर्मचारीहरु सिंहदरबारको गेटमै फन्दामा पर्न थालेका हुन् ।
बुधबार बिहानै ८ बजेदेखि नै सिंहदरबारको पूर्वी गेटमा खटिएका प्रहरीले कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक डिएसपी कृष्णप्रसाद अधिकारीका अनुसार अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरिएको हो ।

सरकारले हरेक बर्ष सरकारी कर्मचारीहरुको लागि पोशाक भत्तामा मात्र झण्डै १३ अर्ब हाराहारी खर्च गर्दै आएको छ ।

प्रकाशित :२०७७ पुष १, बुधबार १४:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम