रहेनन् नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमन थापा

नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ ।मिर्गौला रोगबाट ग्रसित उनको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए । डा थापा पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील थिए ।
Advertisement 1
संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गरेका नेता डा थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
प्रकाशित :२०७८ माघ १७, सोमबार १०:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%