रसुवामा युवा संघद्धारा गठबन्धन सरकारको विरोध

नेकपा (एमाले)को जनवर्गिय संगठन युवा संघले रसुवाको नौकुण्डमा पुत्ला जलाएका छन । शुक्रबार युवा संघको कमिटीको आयोजनामा विभिन्न माग राखी सरकारको विरोधमा पुत्ला जलाउँदै विरोध गरेका हुन् ।

Advertisement 1

गठबन्धन सरकारले पेट्रोलियम पदार्थ लगायत विभिन्न उपभोग्य बस्तुमा गरेको चरम मुल्यवृद्धि ,मन्त्री रेणुकुमारी यादबको कसुरजन्य हिंसात्मक अभिव्यक्ति, सामान्य सिटामोल देखि कोरोना खोपमा गरेको कालोबजारी ,आफ्नो भागबन्डा पुर्याउनको लागि सिर्जना गरिएको पद अनि राज्यको ढुकुटी माथिको दोहन,भारतीय हस्तक्षेप बाट भएको अन्याय र अत्याचार लगायत नागरिकको सुरक्षा र देशको बिकास भन्दा पनि पदिय भागबन्डा र नेकपा एमालेलाई कसरी कमजोर बनाउने भन्ने तर्फ मात्रै विभिन्न जाल प्रपन्च रचेर स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आनाकानी जस्ता सरकारको दुस्प्रयासहरुको भण्डाफोर र खबरदारीको लागि उनीहरुले बिरोध गरेका छन् ।

Advertisement 2

नौकुण्ड गाउँपालिका ३ पारच्याङमा बिरोध कार्यक्रम भएको राष्ट्रिय युवा संघ नेपाल नौकुण्ड गापा कमिटी अध्यक्ष सुरेश थोक्राले बताए ।

प्रकाशित :२०७८ माघ १५, शनिबार १७:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry