प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना
राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुन आज दाङको घोराही आउँदै गर्दा लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी सामान्य घाइते भएका छन्।
Advertisement 1
उनी सवार शुद्धोदन गाउँपालिकाको बा२झ ३४४४ नंको स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाँटेमा लु१प २५८४ नंको ट्रकसँग ठक्कर खाएको थियो । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।
सो गाडीमा सवार गाउँपालिका अध्यक्ष किशुचन्द चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली पनि घाइते भएका छन् । घाइते दुवै जनाको भालुवाङ अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित :२०७८ माघ १२, बुधबार १३:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%