आईपीएलले सार्वजनिक गरेको अक्सनको सूचीमा नेपालबाट १५ खेलाडीले नाम दर्ता

आईपीएलले सार्वजनिक गरेको अक्सनको सूचीमा नेपालबाट १५ खेलाडीले नाम दर्ता गरेको जनाएको छ ।
Advertisement 1
आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको र त्यसमा नेपालबाट १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ ।
खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतीय ८९६ र विदेशी ३१८ खेलाडीले नाम दर्ता गराएका हुन् ।
Advertisement 2
आगामी फेब्रुअरी १२ र १३ मा बेंगलुरुमा हुने मेगा अक्सनबाट १० टिमले खेलाडीहरू छनोट गर्नेछन् ।
नेपालबाट कुन कुन खेलाडीले नाम दर्ता गरेको भन्ने खुलाइएको छैन । आइपीएलको आधिकारिक वेबसाइटमा कुन देशका कति खेलाडीले नाम दर्ता गरेको जनाएको छ ।
Advertisement 3
आईपीएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा २१७ खेलाडी मात्र छनोट हुने बीसीसीआईले विज्ञप्तिमार्फत जनाएको छ ।
अक्सनअघि यसअघि खेल्दै आएका ८ टीमले बढीमा ४ जनासम्म खेलाडी रिटेन गरिसकेका छन् । यस्तै दुई नयाँ टिम लखनउ र अहमदाबादले तीनरतीन खेलाडी छनोट गरेका छन् ।