औषधि लिमिटेडमा ६ भाईको प्रतिष्पर्धा कस्ले मार्लान बाजी ?

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडको महाप्रवन्धक बन्न ६ भाईबीच तिव्र प्रतिष्प्रर्धा छ । महाप्रवन्धक बन्नका लागि आवेदन हालेकामध्ये ६ जनाको नाम सर्ट लिस्टिङ गरिएको छ ।
Advertisement 1
प्रवल दावेदारहरुमा विकास सुवेदी, मोहमद सफी उल्लाह, भुपेन्द्रप्रसाद अर्याल, बाबुराम हुमागाई, अर्जुन अर्याल, राजकुमार थापा सर्ट लिस्टिङमा परेका हुन् ।यिनै छ जनालाई व्यवसायिक कार्ययोजना प्रस्तुतिका लागि विभागीय उद्योग मन्त्रालयले २८ गतेको मिति तोकेको हो ।
यिनै छ जनाले २८ गते व्यवसायिक कार्ययोजना प्रस्तुत गर्ने र एक पदका लागि तीन जनालाई सिफारिश गर्ने मन्त्रालयको तयारी छ । त्यही तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले महाप्रबन्धकको जिम्मेवारी दिनेछ ।
Advertisement 2
उद्योगले गत भदौंमा महाप्रवन्धकका लागि आवेदन खुल्ला गरेको थियो । मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्सशास्त्र, जनस्वास्थ्य, फार्मेसी, इन्जिनियरिङ, सार्वजनिक प्रशासन, व्यवस्थापन, अर्थशास्त्र वा कानुनमा स्नाकोत्तर उतीर्ण गरेको वा चाटर्ड एकाउन्टेन्सी उपाधी हासिल गरेको हुनुपर्छ । त्यस्तै, सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ भने ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ प्रावधान राखेर उद्योगले विज्ञापन खुलाएको थियो ।