बालुवाटारमा सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बोलदाएको सर्वदलीय बैठक सुरू भएको छ।

Advertisement 1

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीको उपस्थिति छ। सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

केहीबेरअघि बालुवाटारमा सुरु भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीको उपस्थिति रहेको छ ।

Advertisement 2

पछिल्लो समय राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा पार्टीभित्र पनि किचलो चुलिएको छ । सर्वदलीय बैठकमा समसामयीक विषयमा छलफल गर्ने बताइए पनि मुलतः राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शनका विषयमा छलफल गर्ने बुझिएको छ ।

नेकपाको स्थायी समिति बैठकमा समेत यसबारे प्रभावशाली नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गरेका थिए ।

प्रकाशित :२०७७ मंसिर २३, मंगलवार १२:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry