एनएमबि बैंकको १ लाख ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, भाउ कति ?

एनएमबी बैंकका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ४९ हजार ६९३ कित्ता सेयर बिक्री खुला गरेका छन् । यसको मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले आज (पुस २७ गते) देखि ३५ दिन भित्र एनएमबि बैंकको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।
प्रकाशित :२०७८ पुष २७, मंगलवार १२:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%