फोनिज कर्णाली अध्यक्षमा शाक्य

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को कर्णाली प्रदेश अध्यक्षमा प्रवाशकुमार शाक्य निर्विरोध चयन भएका छन ।
Advertisement 1
वीरेन्द्रनगरमा आज सम्पन्न फोनिजको दोस्रो प्रादेशिक अधिवेशनबाट अध्यक्ष पदमा शाक्यलाई चयन गरिएको हो । प्रदेश कार्य समितिको उपाध्यक्षमा धर्म थापा (दैलेख), महिला उपाध्यक्षमा कल्पना ढेँगामगर (सुर्खेत), महासचिवमा रत्न सुनुवार (सुर्खेत), सङ्गठन सचिवमा हरिप्रकाश पुनमगर (सल्यान), संस्थागत सचिवमा खगेन्द्र रानामगर (दैलेख) र कोषाध्यक्षमा दिपा गाहामगर (सुर्खेत) चयन भएका छन ।
सदस्यमा नन्दराम घर्तीमगर (सुर्खेत) लाई चयन गरिएको छ । केन्द्रीय प्रतिनिधिमा बुद्धिमान पुन (सल्यान), करिश्मा चौधरी (सुर्खेत) र छपाल लामा (हुम्ला) लाई चयन गरिएको छ ।
प्रकाशित :२०७८ पुष २६, सोमबार २०:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%