बर्दिबास महोत्सव आगामी माघ १३ देखि
महोत्तरी चेम्बर अफ कर्मसले बर्दिबास महोत्सवको आयोजना गर्ने भएको छ । आगामी माघ १३ देखि २३ सम्म उस्ले १० दिन महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सव कृषि, पर्यटन प्रवद्र्धन, उद्योग स्थापनादेखि युवा स्वरोजगार कार्यक्रमसँग जोडिने आयोजकले जनाएको छ । सो महोत्सवमा उद्योग का उत्पादन झल्काउने सामाग्रीहरू, कानुनी परामर्श समेत दिइने आयोजकको भनाई छ ।
महोत्सवमा लघु उद्यमसँग सम्बन्धित १५० वटा स्टल रहने छन् । महोत्सवले जिल्लामा पर्यटन प्रवद्र्धन गर्नुका अलवा यस क्षेत्रमा भईरहेका प्रयत्न र उपलब्धि बारे वृत्त चित्र समेत देखाईने कार्यक्रम छ ।
Advertisement 1
महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको बेजोड प्रस्तुति महोत्तरी चेम्बर अफ कर्मसका सचिव सुदर्शन काफ्लेले ईकर्मचारी डटकमलाई जानकारी दिएका छन ।
सो महोत्सवमा कम्तिमा ५ देखि १५ लाखसम्म खर्च हुनसक्ने आयोजकले अनुमान गरेको छ ।