लोकसेवाले आफ्नो गरिमा र छविलाई कायम राख्न सधैँ सचेत हुनुपर्छ

निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छवि बनाएको लोकसेवा आयोगले आफ्नो गरिमा र छविलाई कायम राख्न सधैँ सजग र सचेत हुनुपर्ने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताएका छन् ।

Advertisement 1

मुख्यमन्त्री राईले लोक सेवा आयोगको स्वच्छता र पारदर्शितालाई आयोगका पदाधिकारीहरुले नै कायम राख्नुपर्ने बताए । विराटनगरमा आयोजित दोश्रो अन्तर प्रादेशिक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले अदालत समेत आफ्नो विश्वसनियता कायम गराउन संघर्षरत रहेको बेला लोकसेवा आयोगले आफ्नो भूमिकालाई पारदर्शी बनाउनु पर्ने बताए ।

प्रकाशित :२०७८ पुष १९, सोमबार १७:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry