सूर्या लाइफ इन्सुरेन्सको एजीएम आज, सेयरधनीलाई लाभांश

सूर्या लाइफ इन्सुरेन्सको आर्थिक वर्ष आज सोमबार पुस १९ गते साधारण सभा बस्दैछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १२.७% बोनस सेयर र कर तिर्न ०.६७% नगद गरी कुल १३.३७% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । बोनस सेयर जारी गरेपछि सेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ ।

Advertisement 1

यस्तै, संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने एजेन्डा पनि रहेको छ । कम्पनीले हाल संस्थापक समूहको हिस्सा ६०% र सर्वसाधारण समूहको हिस्सा ४०% रहेको सेयर संरचनालाई परिवर्तन गरी संस्थापक हिस्सा ५१¬ र सर्वसाधारण हिस्सा ४९% बनाउन लागेको हो । सभा होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे बस्नेछ ।

सभामा भर्चुअल माध्यमबाट पनि सहभागी बन्न सकिनेछ । सभा प्रयोजनका लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गरिएको छ । पुस ८ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।

प्रकाशित :२०७८ पुष १९, सोमबार ०९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry