डेल्टा र ओमिक्रोन भेरियन्ट संसारका लागि खतरनाक: विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको डेल्टा र ओमिक्रोन भेरियन्टले संसारमा कोभिड १९ संक्रमणको खतरनाक सुनामी आउन सक्ने चेतावनी दिएका छन ।
डब्लूएचओका प्रमुख टेडरोस एडनोम गेब्रियासिसको अनुसार अमेरिका र युरोपका देशहरुमा हालसम्म कै धेरै संक्रमित पहिचान भएको जनाए ।
Advertisement 1
विभिन्न अध्ययनले विश्वका अधिकांश देशमा ओमोक्रन तिब्र गतिमा फैलिरहेको देखाएको छ। डा ट्रेडोसले दुई भेरियन्टका कारण विश्वमा ट्वीन थ्रेटु देखिएकोले यसले स्वास्थ्य क्षेत्रमा गम्भीर असर पार्न सक्ने बताएका छन्।
डब्लूचएओका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथमका अनुसार उपलव्ध खोप ओमिक्रोनको बिरुद्धमा अझै प्रभावकारी रहँदै आएको छ । शरीरको विद्यमान टी सेल इम्युनिटी नयाँ भेरियन्टसँग लड्न सक्छ ।
Advertisement 2
अमेरिकामा २ लाख ६५ हजार बढी संक्रमित फेला परेका छन्। डेनमार्क, पोर्चुगल, बेलायत, अस्ट्रेलियामा पनि रेकर्ड नम्बरमा संक्रमित भेटिएका छन्।पोल्यान्डमा कोभिड १९ को चौथो वेभमम हालसम्म कै धेरै ७९४ जनाको मृत्यु भएको छ। मृत्यु हुने धेरैले खोप नलगाएको बताइएको छ।